Kathmandu Press

एनआरएनए कार्यालयमै युवा संघका कार्यकर्ताद्वारा अध्यक्ष आरके शर्मामाथि हातपात

युवासंघका कार्यकर्ताहरुले संघको बालुवाटारस्थित कार्यालयमै शर्मामाथि हातपात गरेका हुन्। हातपातकाक्रममा अध्यक्ष शर्मासहित उपस्थित अन्यलाई पनि चोट लागेको जनाइएको छ।
एनआरएनए कार्यालयमै युवा संघका कार्यकर्ताद्वारा अध्यक्ष आरके शर्मामाथि हातपात

काठमाडौँ, कात्तिक १४ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मामाथि हातपात भएको छ।

युवासंघका कार्यकर्ताहरुले संघको बालुवाटारस्थित कार्यालयमै शर्मामाथि हातपात गरेका हुन्। हातपातकाक्रममा अध्यक्ष शर्मासहित उपस्थित अन्यलाई पनि चोट लागेको जनाइएको छ।

हातपातकाक्रममा महासचिव बुद्धि सुवेदी, बेल्जियम निवासी पत्रकार अभियन्ता ओम शर्मालगायत घाइते भएका छन् । संघका अध्यक्ष आरके शर्माले कार्यालय पुग्दा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले हातपात गरेका थिए।

मंगलबार दिउँसो संघको सभाहलमा बद्री केसी समूहले एमाले नेता महेश बस्नेतसहित युवासंघका पदाधिकारी र कार्यकर्ता डाकेर कार्यक्रम गरेको थियो। त्यही बेला शर्मासहितका अभियन्तामाथि आक्रमण भएको जनाइएको छ । घटनालगत्तै अहिले बालुवाटारस्थित संघको कार्यालयमा प्रहरी पुगेको छ ।
११औं महाधिवेशनमा संघ शर्मा र बद्री केसी समूहमा विभाजित भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आए पनि कार्यालयमा भने प्रवेश पाएका छैनन्।

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्