रिगललाई माफी मिनाहा प्रकरणमा सुनुवाई जारी
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनुवाईका लागि पेशी तोकिएको थियो।
काठमाडौं, कात्तिक १४ : व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैदको ठहर भएका रिगल ढकालको माफी मिनाहाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनुवाईका लागि पेशी तोकिएको थियो।
जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने सरकार र राष्ट्रपतिको कदम संविधान र कानुन विपरित रहेको बताउदै मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिट दिएकी हुन् । रिटमा कसुरदारलाई पुनः कैदमा राख्न माग गरिएको छ।
यसअघि उक्त रिटलाई पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले गत असोज १९ गते प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाएको थियो । सोही आदेश अनुरुप तीनजना न्यायाधीश संलग्न पूर्ण इजलास गठन भई सुनुवाई भरहेको छ।
प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











