Kathmandu Press

प्रिन्सिपल सर्राफको हत्या आरोपमा छ पक्राउ

प्रहरीले घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको हहो। सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।
प्रिन्सिपल सर्राफको हत्या आरोपमा छ पक्राउ

बारा, कात्तिक १४ : बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको गोली हानी हत्या गरिएको प्रकणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको हहो। सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।  

अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।

सर्राफको मंगलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ। उनको पसहा खोलमा अन्तिम संस्कार गरिएको छ।

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरिएको थियो।

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्