Kathmandu Press

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा

अन्नपूर्ण बेसक्याम्पबाट आजै भैरहवा आएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल लुम्बिनी आएका हुन्।
महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा

लुम्बिनी, कात्तिक १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी लुम्बिनी पुगेका हुन्।

अन्नपूर्ण बेसक्याम्पबाट आजै भैरहवा आएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल लुम्बिनी आएका हुन्।

लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामालगायतले स्वागत गरेका थिए।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन्। गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री दाहालको उपस्थितिमा हुने भएकाले यसको महत्व बढ्ने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए।

महासचिव गुटेरेसलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ। लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौं फर्कनेछन्।

 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्