Kathmandu Press

मानव बेचबिखन अभियोगमा त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी पक्राउ 

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
मानव बेचबिखन अभियोगमा त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी पक्राउ 

काठमाडौं, कात्तिक १४ : मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी नै पक्राउ परेका छन् । 

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनीमाथी आवश्यक अनुसन्धान भैरहेको छ । 

मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा  समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ । तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्ति समेत पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्