Kathmandu Press

प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी

प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी

वीरगञ्ज (पर्सा), १३ कात्तिक : आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ।

मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो।

टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ। 

विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ।

प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिए।  

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्