पत्रकार सम्मेलनमा बेहोस भइन् भारती

काठमाडौं, कात्तिक १३ : आफ्ना पतिको हत्यामा संलग्न योगराज ढकाल (रिगल) को कैद माफी मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमा बेहोस भएपछि अस्पताल लगिएको छ ।
सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी शेर्पा पत्रकार सम्मेलनमा बेहोस भएकी हुन् । बेहोस भएपछि उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको छ । भारती यसअघि पनि सर्वोच्च अदालतमा तारिख लिन जाँदा बेहोस बनेकी थिइन् । दोषीमाथि कारबाहीको माग गर्दै उनी गत शुक्रबारदेखि अनसन बसेकी हुन् ।
आफ्ना पति चिरन मानन्धरको हत्याका आरोपीलाई माफी मिनाहा दिलाइएपछि शेर्पाले मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पनि रिट दिएकी छन् ।
प्रकाशित मिति: १७:०६ बजे, सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











