Kathmandu Press

गुटेरेस पुल्चाेकमा कालाेटाेपी र पाेखरामा ढाकाटाेपीमा सजिँदा [तस्बिरहरू]

​मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए।​
गुटेरेस पुल्चाेकमा कालाेटाेपी र पाेखरामा ढाकाटाेपीमा सजिँदा [तस्बिरहरू]

गण्डकी, कात्तिक १३ : पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन्। नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो। 

RambahadurThapa_Gandagi_RSS_13_DSC_3847-1698662685.JPG

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए। उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए। तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो। खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो। शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो। आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो।

RatnaShestha_KTM_RSS_13_20231030130327_RATL0362-(2)-1698662680.JPG

महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो। नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो। परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए। यसैगरी गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा उनकाे भव्य स्वागत गरिएको थियाे। त्यसक्रममा उनलाइ भादगाउँले कालाेटाेपी पहिर्‍याइएकाे थियाे। भादगाउँले कालाेटाेपीकाे पनि ढाकाटाेपीजस्तै नेपाली माैलिक पहिचान रहेकाे छ।

gutress-12345-1698659057.jpg

चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन्। उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्ने भएका छन्। महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ। त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

RatnaShrestha_KTM_RSS_13_20231030131600_RATL0372(2)-(1)-1698662681.JPG

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ। महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ। उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ। महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ। फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन्।

RadhikaKandel_Pokhara_RSS_13_20231030170005_REOS7660-1698658952.JPG

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो। सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ। सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो। इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए।

RatnaShrestha_KTM_RSS_13_20231030122956_RATL0225-1698662681.JPG

त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन_, त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्वलाई अझै बढाएको थियो। पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बनेका थिए। पोखरा आएका अतिविशिष्ट व्यक्तिले यस स्थललाई प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको विश्वव्यापी प्रवर्धन भइरहेको छ। महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

KrishnaDawadi_Kaski_RSS_13(2)-1698662685.JPG

RatnaShrestha_KTM_RSS_13_20231030131600_RATL0372(1)-(1)-1698662682.JPG

KrishnaDawadi_Kaski_RSS_13(1)-1698662682.JPG

RatnaShrestha_KTM_RSS_13_20231030131600_RATL0372(1)-(2)-1698662680.JPG

RK-Pokhara-20231030165944_REOS7658-1698658953.JPG

RK-Pokhara-20231030170045_REOS7664~2-01-1698658952.JPG

RadhikaKandel_Pokhara_RSS_13_20231030170209_REOS7676~3-1698658951.JPG

RK-Pokhara-20231030165923_REOS7653-1698658951.JPG

RatnaShrestha_KTM_RSS_13_20231030122513_RATL0173(1)-1698653701.JPG

RatnaShrestha_KTM_RSS_13_20231030122513_RATL0173(2)-1698653701.JPG

RatnaShrestha_KTM_RSS_13_IMG_20231030_133350-1698653700.jpg

RatnaShrestha_KTM_RSS_13_IMG_20231030_133534-1698653702.jpg

RatnaSharestha_KTM_RSS_13_20231030124046_RATL0260-1698653700.JPG

RatnaShrestha_KTM_RSS_13_20231030125705_RATL0327-1698653702.JPG

RatnaShrestha_KTM_RSS_13_20231030122513_RATL0173(1)-1698653701.JPG

प्रकाशित मिति: १६:३५ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्