Kathmandu Press

बारामा गोली प्रहारबाट घाइते प्रधानाध्यापकको मृत्यु 

सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो। घाइते भएका सर्राफलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। 
बारामा गोली प्रहारबाट घाइते प्रधानाध्यापकको मृत्यु 

कलैया, कात्तिक १३ : अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको उपचारको क्रममा निधन भएको छ।  

सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो। घाइते भएका सर्राफलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। 

उपचारको क्रममा सर्राफको निधन भएको अस्पतालले जनाएको छ। कलैया उपमहानगरको मुख्यबजारमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले सर्राफमाथि गोली हानेका थिए। 

घाइते सर्राफलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको थियो। उनको टाउको र छातिमा तीन गोली लागेको जनाइएको छ।
 
प्रकाशित मिति: १५:४८ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्