Kathmandu Press

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा, ढाकाटाेपी लगाइदिएर स्वागत

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा, ढाकाटाेपी लगाइदिएर स्वागत

गण्डकी, कात्तिक १३ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन्।

गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे। साे क्रममा उनलाइ ढाकाटाेपी लागाइदिइएकाे थियाे।

विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो। गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेको थिए।

महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा जाए। उनी आज पोखरा बस्ने र मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ। 

RK-Pokhara-20231030165923_REOS7653-1698658951.JPG

RK-Pokhara-20231030165944_REOS7658-1698658953.JPG

RadhikaKandel_Pokhara_RSS_13_20231030170005_REOS7660-1698658952.JPG

RK-Pokhara-20231030170045_REOS7664~2-01-1698658952.JPG

RadhikaKandel_Pokhara_RSS_13_20231030170209_REOS7676~3-1698658951.JPG

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्