Kathmandu Press

सगरमाथा आधार शिविरबाट गुटेरेसले भने- हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर

आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको  दर्दनाक अवस्था देखेको बताएका छन्। 
सगरमाथा आधार शिविरबाट गुटेरेसले भने- हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर

काठमाडौं, कात्तिक १३ : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन्। 

आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको  दर्दनाक अवस्था देखेको बताएका छन्। 

आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्। 

उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । 

उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् । 

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्