Kathmandu Press

बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि बारामा गोली प्रहार

बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि बारामा गोली प्रहार

काठमाडौं, कात्तिक १३ : बाराको कलैयास्थित मस्जिद चोकमा गोली चलेको छ। मोटरसाइकलमा आएका व्यक्तिले एकजनालाई गोली हानेको प्रहरीले जनाएको छ। 

गोली लागेका व्यक्ति सोही ठाउँस्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फ (गुड्डु) रहेको बताइएको छ।गोली लागेर सरार्फको टाउको र छातीमा गम्भीर चोट लागेको छ।

गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित बयोधा अस्पताल लगिएकोमा थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ।

गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्