Kathmandu Press

मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित विधायन समितिद्वारा पारित

मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित विधायन समितिद्वारा पारित

काठमाडौं, कात्तिक १३ : विवादित राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित राष्ट्रियसभाको विधायन समितिले पारित गरेको छ।

प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएका कारण यसअघि विधेयक विवादास्पद बनेको थिया । अब भने विधेयक समितिबाट प्रधानन्यायाधीशलाई चार नम्बरमा राख्ने गरी संशोधन गरिएको छ। उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ गते गैरसरकारी विधेयकका रुपमा ल्याएका थिए। 

समितिले संशोधनसहित तयार पारेको उक्त प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गरिने भएको छ। विधेयकमा यसअघि सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौं वरीयतामा राख्ने प्रस्ताव गरिएपछि विवाद उत्पन्न भएको थियो। 
 

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्