Kathmandu Press

कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल

कार्कीले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाए।
कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल

मोरङ, कात्तिक १३ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सर्वदलीय संयुक्त सरकारका लागि अपिल गरेका छन्।

नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै  उनले प्रदेशमा सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अपिल गरेका हुन्।

संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै कार्कीले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको उनले बताए।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका कार्कीले मुख्यमन्त्रीको जिम्मेवारी पनि त्यसैअनुसार निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति: १०:३५ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्