Kathmandu Press

पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना 

सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं, कात्तिक १३ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । 

सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक–दुई स्थानमाहल्काहिमपातको पनि सम्भावना रहेको छ । 

आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 
 
प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्