Kathmandu Press

नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

आइतबार प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो गुटरेससंग सिंहदरबारमा भएको भेटवार्तापछि उनले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले गुटेरेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। 
नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

काठमाडौं, कात्तिक १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

आइतबार प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो गुटरेससंग सिंहदरबारमा भएको भेटवार्तापछि उनले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले गुटेरेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। 

उनले भेटमा मौसम परिवर्तनसँग सम्बन्धित विषय, नेपालमा त्यसको नकारात्मक परिणाम र त्यसलाई कम गर्नअन्तरराष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले खेलेको भूमिको बारे चर्चा भएको पनि बताए। 
उनले भने,‘मुख्य रुपमा हाम्रो मौसम परिवर्तनसँग सम्बन्धित विषयमा हामीले गम्भीर रुपले चर्चा गरेका छौँ र नेपालमा त्यसको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नको लागि अन्तराष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उनले खेलेको भूमिकाको हामीले उच्च प्रशंसा गरेका छौँ र आउँने दिनमा अझ ठूलो सहयोगको अपेक्षा हामीले गरेका छौँ। नेपालको शान्ति प्रक्रिया अन्तरगत जुन अन्तिम चरणमा छ त्यसलाई टुङ्गोमा पुर्‍याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरेका छौँ।’

त्यसैगरि नेपालको आर्थिक विकास र समृद्धिको कुरा, एलडिसिबाट ग्रयाजुयट् हुने प्रक्रियालाई सहज बनाउँन र एसडिजीमा २०३० सम्मको लक्ष्य प्रक्रियाको लागि पनिसकारात्मक छलफल भएको उनको भनाई छ। 
उनले महासचिवको भ्रमण अन्तराष्ट्रिय सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्