Kathmandu Press

नेपाल विश्वको साथी हो : महासचिव गुटरेस 

ए राति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त रुपमा पत्रकारसँग साक्षात्कार गर्दै नेपालविश्वको साथीभएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नुपर्ने बताए। 
नेपाल विश्वको साथी हो : महासचिव गुटरेस 

काठमाडौं, कात्तिक १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, नेपाल विश्वको असल साथी भएको बताएका छन्। 

गए राति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त रुपमा पत्रकारसँग साक्षात्कार गर्दै नेपालविश्वको साथीभएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नुपर्ने बताए। 

उनले भने, ‘नेपालविश्वको साथीहो। त्यसैले विश्व नेपालको महत्वपूर्ण साथी हुन जरुरी छ। सहकार्य गरेरै हामीले त्यो यथार्थलाई प्रकट गर्न सक्छौँ।’ त्यस्तै उनले नेपालले विश्वशान्तिका लागि पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका छन्। 

नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिकपठाएर विश्वशान्तिकालागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका हुन्। 
अर्को प्रसंगमाउनले, नेपालले जलवायु परिवर्तनका कारणभोगेको समस्याबारे आफुले नजिकबाटजानकारी लिएको बताए। जलवायु परिर्वतनका कारणहिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष रुपमाअध्ययन गर्न आफू त्यसक्षेत्रमाजानलागेको उनले जानकारी दिए।

उनले भने, ‘जलवायु परिर्वतनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ। म त्यहाँका स्थानीयमानिसहरुलाई भेट्ने छु र उनीहरु कसरी प्रत्यक्षप्रभावितभएकाछन् भन्ने कुराबारे जानकारी लिनेछु। म पोखरा भ्रमणमाजानेछु र सिधैँ लुम्बिनितर्फ लाग्नेछु। त्यहाँबाटभगवानबुद्धले देखाएको शान्ति र अहिसांको बाटो, गहिरोसंग समस्यामा परेको विश्वकालागिआजपनिउतिक्कै महत्वपूर्ण र सान्र्दभिक छ।’

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्