Kathmandu Press

आममाफी पाएका रिगललाई कारबाहीको माग गर्दै भारतीले थालिन् रिले अनशन

आममाफी पाएका रिगललाई कारबाहीको माग गर्दै भारतीले थालिन् रिले अनशन

काठमाडौं, कात्तिक १२ : राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई कारवाहीको माग गर्दै नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन्।

आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका योगराज ढकाललाई आममाफी दिइएको भन्दै पुनः कारवाहीको माग गर्दै भारतले पुन रिले अनशन सुरु गरेकी हुन्। भारतीले दशैं अघिनै अनसन थालेको भएपनि केहि दिनका लागि स्थगित गरेका थिए। आफ्ना आवाज राज्यलाई सुनाउन अनसन बस्नु परेको भारतीले बताइन्।

२०७२ असार २८ गते बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रिगललाई २०७५ सालमा जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्द कैदको सजाय सुनाएको थियो । तर सरकारले गत असोज ३ गते नवौं संविधान दिवसको अवसरमा ढकाललाई आममाफी दिएको थियो । भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन्। 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्