राष्ट्रसंघका महासचिव गुटेरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं, कात्तिक १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ।
उनीहरूबीच रक्षा मन्त्रालयमा भेटवार्ता भएकाे हाे। यसअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरे। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।
प्रकाशित मिति: १४:३१ बजे, आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)

