Kathmandu Press

राष्ट्रसङ्घ महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन्।
राष्ट्रसङ्घ महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौँ, कात्तिक १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। उच्चस्तरीय भेटवार्ता गर्ने क्रममा उनले सुरुमा परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका हुन्। उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो। महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए ।
 
परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन्। उनले आजै सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेट गर्नेछन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।
    
त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नु हुनेछ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन्।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्