Kathmandu Press

‘गुटेरसकाे भ्रमण जलवायु परिर्वतनका मुद्दामा विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसर’

उनले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने आवश्यकतासमेत औंल्याएका छन्। 
‘गुटेरसकाे भ्रमण जलवायु परिर्वतनका मुद्दामा विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसर’

काठमाडौं, कात्तिक १२ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणराष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। 

उनले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने आवश्यकतासमेत औंल्याएका छन्। 

आइतबार संसद बैठक बस्नु अघि, नेपाल न्यूज बैंकसंग कुरा गर्दै गिरिले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण अत्यन्तै ठुलो अवसर र ऐतिहासिक घटना भएको भन्दै यसको सदुपयोगका लागि सबै जिम्मेवार ढंगले प्रस्तुत हुन जरुरी रहेको बताए। 

जलवायु परिर्वतन, गरिबी न्यूनिकरणलगायतका विषयमा संसदले राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउनु पर्ने उनको भनाई छ।  ‘संयुक्त राष्ट्रसंघका महासचिव आएको बेलामा अहिले जुन ग्लोबल इस्युहरु छन्। जसले गर्दाखेरी नेपालले धेरै ठुलो कन्र्सन राख्नुपर्ने मुद्दाहरु छन्। वातावरणका मुद्दाहरु, ग्लोबल वार्मिकका सवालहरु त्यसले नेपाल जस्तो राष्ट्रलाई पारेको प्रभावको कुराहरु छन्,’ उनले भने, ‘यस्ता मुद्दाहरुमा संयुक्त राष्ट्रसंघलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियाको बारेमा गरेको सहयोगको बारेमा धन्यवाद दिने बाँकी रहेका कामहरुका बारेमा पनि हामीले स्पष्ट रुपमा राख्छौं।’ 

आजै संसद बैठक अघि सभामुखले शीर्ष दलका प्रमुख सचेतकसंग छलफल गर्दैछन्। सो बैठकमा पनि संसदलाई कसरी प्रभावकारी बनाउने र राष्ट्रसंघका महासचिवको मंगलबारको सम्बोधनबारे समेत छलफल हुनसक्ने उनले जानकारी दिए। 

प्रकाशित मिति: १२:५० बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्