Kathmandu Press

वनभोज खाएर फर्किंदै गरेको बस सिमरामा दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते

चितवनको जलवीरे झरनाबाट वनभोज खाएर फर्किंदै गरेको ना. ७ख ४४४९ नम्बरको बस राति ११ बजेमा अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
वनभोज खाएर फर्किंदै गरेको बस सिमरामा दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते

बारा, कात्तिक १२ : बाराको सिमरामा गएराति बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्।

चितवनको जलवीरे झरनाबाट वनभोज खाएर फर्किंदै गरेको ना. ७ख ४४४९ नम्बरको बस राति ११ बजेमा अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकअगाडि बाटो काटिरहेको मोटरसाइकल जोगाउने क्रममा बस अनियन्त्रित भएर पोलमा ठोक्किएको थियो। मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरुको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्