Kathmandu Press

मन्त्री किरातीले भेटे भालु आक्रमणमा परी गम्भीर घाइते राईलाई 

भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाईते भएका थिए। उनी भारेजपुरकै घोपा क्याम्प हस्पिटलमा उपचारत थिए। डाक्टरले उनको सल्यक्रिया गरेको थियो। 
मन्त्री किरातीले भेटे भालु आक्रमणमा परी गम्भीर घाइते राईलाई 

काठमाडौं, कात्तिक १२ : पर्यटनमन्त्री सुदन किरातीले भालुको अक्रमणबाट गम्भीर घाईते अमृत राईलाई भेटेका छन्।

भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाईते भएका थिए। उनी भारेजपुरकै घोपा क्याम्प हस्पिटलमा उपचारत थिए। डाक्टरले उनको सल्यक्रिया गरेको थियो। 

आज मन्त्री किरातीले उनलाई अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन।
किरातीले अस्पतालमा राईको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै घोपा क्याम्प अस्पतालको समसामयीक समस्याबारेमा सम्बद्ध अधिकारीसँग छलफल गरेको बताएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भालु आक्रमणमा परि गम्भीर घाईते भोजपुर खार्ताम्छा निवासी अमृत राईलाई घोपा क्याम्प हस्पिटलमा भेटियो उनको स्वास्थ्य स्थिती बुझियो।हस्पिटलको समसामयिक समस्या माथी मुख्य पदाधिकारीहरुसँग छलफल पनि भयो।’
 
प्रकाशित मिति: १०:५१ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्