Kathmandu Press

महासचिव गुटरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने

महासचिव गुटरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने

काठमाडौं, कात्तिक १२ : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज दिउँसो भेट गर्ने भएका छन्।

आजै नेपाल आइपुगेका महासचिव गुटरेसकोभ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।उनले आज दिउँसो चारबजे राष्ट्रपति कार्यालय शितलनिवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइले जानकारी दिइन्।

यस्तै,आजै उनले प्रधानान्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख दुई राजनीतिक दलका नेता द्वय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उच्चस्तरीय शिष्टाचार भेटसँगै उनले ललितपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रको अवलोकन गर्नेछन्।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल आएका गुटरेसले आफ्नोमहासचिवको दोस्रो कार्यकालमा चारदिने नेपाल भ्रमणमा आएका हुन्। १५ वर्षपछि उनले गरेको नेपाल भ्रमणलाई कूटनीतिक क्षेत्रले महत्वको साथ हेरिरहेको छ।
 

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्