Kathmandu Press

प्रतिनिधिसभा बस्दै, यस्तो छ कार्यसूची

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, कात्तिक १२ : संघीय संसद अर्न्तगत प्रतिनिधिसभा आज बस्दै छ।

आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

उनले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०“ र “भन्सार विधेयक, २०८०“ लाई पेस गर्नेछन्।

साथै सभामुखले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ।  

आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेसगर्ने बताइएको छ।

 

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्