Kathmandu Press

एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर

मितिले शनिबार प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको प्रष्ट पारेको छ। भेन्डर (भेरो)ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पनि अनुगमन समितिको निष्कर्ष छ।
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर

काठमाडौं, कात्तिक ११ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर गरेको छ।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा भएको महाधिवेशन अन्तर्गत भएको हुने निर्वाचन अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूती गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषद्ले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको थियो।

उक्त समितिले शनिबार प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको प्रष्ट पारेको छ । भेन्डर (भेरो)ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पनि अनुगमन समितिको निष्कर्ष छ।

निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदानप्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको, उम्मेदवारहरुको परिचयसहित विभिन्न बुथमा फरक फरक र विकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उम्मेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको, उपाध्यक्षका एकजना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई शून्यकरण गरिएको जस्ता त्रुटिहरु अनुगमन समितिले फेला पारेको छ।

अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगायत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको साथै निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो।’

समितिले अनुगमनका क्रममा उम्मेदवारहरु तथा मतदाताहरुसँग सोधपुछ गर्ने, निर्वाचन समितिका क्रियाकलापलाई अनुगमन गर्ने, उपलब्ध कागजातहरुको अध्ययन गर्ने लगायतका क्रियाकलापबाट प्रतिवेदन तयार पारेको जनाएको छ ।

तर निर्वाचन समितिले एनआरएनएको निर्वाचनका विषयमा कहिले पनि अनुगमन समितिसँग छलफल तथा सूचनाहरु सम्प्रेषण नगरेको र निर्वाचनको दौरानमा अनुगमन समितिलाई कुनै पनि कुराको अनुगमनका लागि पहुँच नदिएको स्पष्ट पारेको छ।

 

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्