Kathmandu Press

‘राष्ट्रिय मुद्दामा सबै दल एक ठाउँमा उभिनुपर्छ’

उनले फरक दर्शन र विचार भएपनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताए।
‘राष्ट्रिय मुद्दामा सबै दल एक ठाउँमा उभिनुपर्छ’

काठमाडौं, कात्तिक ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय देखिएका चुनौती सामाना गर्न सबैले हातेमालो गर्नु पर्ने आवश्यकता औल्याएका छन्।

आज नेपाली काङ्ग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा उनले फरक दर्शन र विचार भएपनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताए।

‘हाम्रो देशको विशेषता भनेको भिन्न भिन्न प्रकारको दर्शन भएपनि हामी सहकार्य गरेर अगाडि बढेका छौं। देशलाई अगाडि बढाउँने विषयमा, जनाताका समस्या सरोकार राख्ने विषयमा हामी हातेमालो गर्दै अगाडि बढिरहेका छौँ,’ उनले भने ।

उनले जसरी विगतमा अप्ठ्यारो, संकट र चुनौतीको समयमा हातेमालो गर्दै अगाडि बढेको राजनीतिक इतिहासलाई स्मरण गरे। उनले भने ‘आजको चुनौती र अवसरहरु सबैमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । समाजमा सकारात्मक सूचना दिनुपर्छ।’

अध्यक्ष नेपालले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका समयमा नेपालले सकरात्मक सन्देश दिन सक्नु पर्ने बताए। उनले संक्रमणकालिन न्यायको प्रक्रियालाई छिटो टुङ्गाउने कुरामा ढिलाई भएको भन्दै अब धेरै ढिला गर्न नहुने बताए।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्