Kathmandu Press

गरिबी र भ्रष्टाचार नियन्त्रण सबै दलको साझा विषय हुनुपर्छ : रवि लामिछाने

उनले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको भन्दै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै भएको बताए।
गरिबी र भ्रष्टाचार नियन्त्रण सबै दलको साझा विषय हुनुपर्छ : रवि लामिछाने

काठमाडौं, कात्तिक ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय देशको गरिबी र भ्रष्टाचार भएको बताएका छन्।

आज नेपाली काङ्ग्रेसको चियापान कार्यक्रममा उनले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको भन्दै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै भएको बताए।

‘सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय छ । देशको गरिबी हो, भ्रष्टाचार हो । चुनावका हिसाबले लड्नु पर्ने कुरा बेग्लै होला, हामी चुनाव बाहेक अरु विषयमा लड्ने कुरा छैन्’, उनले भने, ‘हामीले लड्नु पर्ने विषय नै साझा हो ।  राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो। अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन्।’

उनले बीपी कोइरालासँग तुलना गर्ने सामथ्र्य नभएको भन्दै बीपी आदर्शहरुलाई आत्मसाथ मात्रै गर्न सक्ने बताए।

‘कहाँ बीपी कहाँ हामी ? हामीले कयौँ प्रयासहरु गनुपर्ने हुन्छ, त्यो बहुआयामिक व्यक्तित्व, राजनीतिक चेत, त्याग, तपस्या, विधान, आदर्श सबै कुरा हामीले पढ्न र सिक्न मात्रै सक्छौ,’ उनले भने।

उनले विपीसँग आफूहरुको तुलनै हुन नसक्ने बताए। लामिछानेले विपीले गरेको उच्च राजनीतिक चरित्रबाट आफूहरुले धेरै कुरा सिक्नुपर्ने बताए।

अध्यक्ष लामिछानेले रास्वपाको चुनौती नेपाली जनताले छोटो समयमा गरेको विश्वासलाई पुष्टि गर्ने, पार्टी निमार्ण गर्ने र दस्तावेज निमार्ण गर्ने भएको भन्दै जिम्मेवारी जुन राजनीति दलको काँघमा छ त्यो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्