Kathmandu Press

उपत्यका नजिकको गन्तव्य कुलेखानी [फाेटाेफिचर]

काठमाडौंबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ। कतै कच्ची सडक त कतै पक्कि सडक हुFदै कुलेखानी पुग्न सकिन्छ।
उपत्यका नजिकको गन्तव्य कुलेखानी [फाेटाेफिचर]

काठमाडाैं, कात्तिक ११ : दसैंतिहारको बिदा सदुपयोग गर्न काठमाडौंबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ। कतै कच्ची सडक त कतै पक्कि सडक हुFदै कुलेखानी पुग्न सकिन्छ।

IMG_3133-1698478731.jpg

यहाँको जलविद्युत् आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ। यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ।

IMG_3131-1698478730.jpg

दक्षिणकाली–हेटौंडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमिको यात्रापश्चात् पुग्न सकिन्छ।

IMG_3099-1698478714.jpg

निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ। जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ। राताम्य फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौं जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सिमाना प्रारम्भ हुन्छ।

IMG_3088-1698478702.jpg

यहाको अर्को बिशेषता भनेको माछा हो। कुलेखानीलाइ लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ। यहाँ आउने आगन्तुकका निमित्त होटल तथा रिसोर्टहरू छन्। हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन्। इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ। सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन्।

IMG_3120-1698478725.jpg

IMG_3111-1698478719.jpg

IMG_3116-1698478719.jpg

IMG_3107-1698478714.jpg

IMG_3093-1698478709.jpg

IMG_3096-1698478709.jpg

IMG_3090-1698478702.jpg

IMG_3087-1698478693.jpg

IMG_3085-1698478692.jpg

IMG_3084-1698478686.jpg

IMG_3080-1698478682.jpg

IMG_3042-1698478678.jpg

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्