रास्वपालाई समृद्धि चाहने नागरिकको पार्टी बनाउँछौं : उपसभापति अर्याल

काठमाडौं, कात्तिक ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपालाई नेता र कार्यकर्ताको नभएर देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनलेरास्वपाप्रतिको जनविश्वासलाई धर्रमराउन नदिनेमा जोड दिए। उनले भने, ‘रास्वपामा लागेर गुनासो गर्नुपर्ने र गल्ती गरेछु भन्ने त्यो दिन कहिल्यै नआउने गरी रास्वपाको केन्द्रमा बसेर यो संस्थालाई पार्टीमा आवद्ध नेता,कार्यकर्ता र सदस्यहरुको मात्र होइन देशको विकास र संमृद्धि चाहने सम्पूर्ण नेपालीको हो। उहाँहरुले कहिल्यै गुनासो र पार्टीमा लागेर गल्ती गरे भनेर महशुस गर्न नपर्ने पार्टी बनाउने विस्वास तपाइँहरुलाई दिलाउन चाहन्छु।’
उनले उपत्यकाको कला संस्कृतिजोगाउन रास्वपा सधैं लाग्ने समेत धारणा राखेका छन्। काठमाडौं,ललितपुर र भक्तपुरले आफ्नो कला संस्कृतिलाई जोगाएर जीवन्त बनाएको भन्दै उनले रास्वपाले उपत्यकाको संस्कृति जोगाउन सधैं लागिरहने बताए।
रास्वपाका सांसदले सदनमा संस्कृति जोगाउन आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘तपाइँहरुजस्तै काठमाडौं,ललितपुर र भक्तपुरबासीको कला संस्कृति जोगाइराख्ने त्यो प्रेरणा हामीलाई पनि छ। यहाँका संस्कृतिहरुलाई जोगाइराख्न हर प्रयास गरिरहने छौं।’




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)

