Kathmandu Press

राष्ट्रपतिले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा गर्ने

राष्ट्रपतिले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा गर्ने

काठमाडौं, कात्तिक ११ : राष्ट्रपति  रामचन्द्र पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन्। 

पौडेलले राष्ट्रप्रमुखको रुपमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी त्यहाँ नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन्। 

पौलेले शनिबार दिउसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

१५ दिन लामो २०८०को बडादशैं आजदेखि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछिसमापन हुँदै छ।

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्