Kathmandu Press

आजबाट सकियो दसैं, कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु

आजबाट सकियो दसैं, कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु

काठमाडौं, कात्तिक ११ : आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आजबाट समाप्त हुँदैछ। 

आज अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको रातीभरि जाग्राम बसेर पूजाआराधना गरेपछि औपचारिक रूपमा बडा दशैं सकिन्छ। 

आजबाट गरिने बडा दशैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ। वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन्।

धन र बैभवकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्ने र लक्ष्मीको  रातभरि जागै बसेर जसले पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ।

यही विश्वासका कारण आज राति गृहिणीहरू पूजा कोठा वा पवित्र स्थानमा जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन्। 

कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैंको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ। 

योसँगै आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म प्रसिद्ध नदी, त्रिवेणी , महत्त्वपूर्ण तलाउ तथा तीर्थस्थलमा स्नान गरिन्छ एक महिनासम्म कार्तिक स्नान गरि आकाशदिप दान गर्ने कार्यको सुरु हुन्छ।शास्त्रअनुसार कार्तिक स्नान गर्दा ब्रह्ममुहूर्तमा गर्नु उत्तम रहने मानिन्छ। 
 

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्