Kathmandu Press

संसदलाई जीवन्त बनाउन सांसदहरुको सामूहिक पहल आवश्यक : अग्नि सापकोटा 

संसदलाई जीवन्त बनाउन सांसदहरुको सामूहिक पहल आवश्यक : अग्नि सापकोटा 

काठमाडौं, कात्तिक ११ : पूर्वसभामुख अग्नी सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने बताएका छन् । 

सापकोटाले संघीय संसदलार्इ जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुनेधारणा व्यक्त गरेका छन्।

‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छुकि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस्। अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्व सभामुख सापकोटाको भनाई थियो।

अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामूहिक रुपमा लिने पहलकदमीको थालनीसँगै अन्त्य हुने बताए।  सापकोटाले भने, ‘जब सांसदहरुले सामुहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरु देखिन थाल्छन्।’ 

आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुखभन्दापार्टीको निणर्यजस्तो देखिएको र निष्पक्ष नभएको भन्नेप्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष,तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे। 

‘म यतिसम्म दाबी गर्छुकि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु। भन्नत मान्छेहरुले के के भन्लान तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु। म सभामुखको निष्पक्ष,तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु ’ सापकोटाले दाबी गरे। 
 

प्रकाशित मिति: १०:१३ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्