पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
काठमाडौं, कात्तिक ११ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ ।
पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।
शनिबार राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











