महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने
प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीमूर्ण निमन्त्रणामा उन नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन्।
काठमाडौं, कात्तिक १० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका लागि कात्तिक १२ गते नेपाल आउँदै छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीमूर्ण निमन्त्रणामा उन नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन्।
प्रधानमन्त्रीले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औं साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने उनले बताए।
यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा गुटेरेसले सन् २००७ मा नेपाल आएका थिए। गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन्।











