६ दिनको बिदापछि खुले सरकारी कार्यालय, सिंहदरबार सुनसान, अधिकांश कर्मचारी अनुपस्थित
-(2)-1698405993.jpg)
काठमाडौं, कात्तिक १० : बडादशैँको सरकारी बिदा सकिएर आजदेखि सरकारी कार्यालय खुलेपनि अधिकासं कार्यालय सुनसान देखिएका छन्। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सबै मन्त्रालय खुले पनि कर्मचारी भने सानो संख्यामा मात्रै उपस्थित भएका छन्।
-(2)-1698405989.jpg?timestamp=1698405990464)
शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ। सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएका छन्।
-(2)-1698405989.jpg?timestamp=1698406017215)
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











