राष्ट्रियसभाको बैठक कात्तिक १४ मा

काठमाडौँ, कात्तिक १० : राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ।
यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।
प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











