मुगुमा एकै परिवारका चार जनाको हत्या
उनीहरुको हत्या कार्तिक ८ गते राती नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।-1698402315.jpg)
मुगु, कात्तिक १० : मुगुको छायानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ। उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन्।
हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीयमनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा छन्।
स्थानीयका अनुसार दशैँ मानाउन माइती गएकी श्रीदेवी बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए। तर उनको घरमा ताल्चा लगाएको थियो। उनीहरु घर फर्किए पनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजि गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो। उनीहरुको हत्या कार्तिक ८ गते राती नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
उक्त घटना कसरी भयो र कसले गर्यो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय मुगुले अनुसन्धान गरिहरेको छ। जिल्ला प्रहरी कार्यलय मुगुकाप्रहरी प्रमुख विरेन्द्र थापालेधारीलो हतियार प्रहार गरी उनीहरुको हत्या गरेको अवस्थामा शव पाइएको जानकारी गराए।
मृतक श्रीदेवी बोहराका श्रीमान दिपक बोहरा भने हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन्।











