Kathmandu Press

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भेटका लागि ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) भेटवार्ता भएको छ।

भेटका लागि ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। प्रधानमन्त्री दाहालले बोलाएपछि ओली उनलाई भेट्न गएकाे स्राेतकाे भनाइ छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र तथा कतारका राजाको आसन्न नेपाल भ्रमणको सन्दर्भमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्