Kathmandu Press

सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत : डा. शेखर कोइराला

सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत : डा. शेखर कोइराला

विराटनगर, कात्तिक १० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरेका छन्।

बडादशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातिय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने बताए। उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भईरहेकोले राजनैतिक दलका नेताहरु संवेदनशिल र सचेत हुनुपर्ने जिकिर गरे।

उनले जातिय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातिय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे।

नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताए। उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउदै कोजाग्रत पूर्णिमा पछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनीतिक गतिविधि बढ्ने जानकारी दिए। 

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्