Kathmandu Press

मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा सहकार्य जरुरी : स्वास्थ्यमन्त्री

क्षेत्रिय सांसदहरुको योजना र तयारीबारेललितपुरमा, आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त संयन्त्र निर्माण आवश्यक भएको बताए। 
मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा सहकार्य जरुरी : स्वास्थ्यमन्त्री

काठमाडौँ, कातिक १० : स्वास्थ्य मन्त्री मोहन बस्नेतले, एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि, प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको बताएका छन्। 

क्षेत्रिय सांसदहरुको योजना र तयारीबारेललितपुरमा, आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त संयन्त्र निर्माण आवश्यक भएको बताए। 

उनले मलेरियालगायतका रोग एक देशबाट अर्को देशमा सहजै पार हुनसक्ने भन्दै रोगको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक प्रभावकारी सीमा सहकार्य आवश्यक रहेको धारणा राखे।

उनले यस्ता संयुक्त बैठकले क्षेत्रिय स्तरमा मलेरिया न्यूनिकरणका लागि महत्वपूर्ण योजना बनाउने विश्वास व्यक्त गरे। 
त्यसका लागि सांसदहरुको प्रभावकारी भूमिका हुने भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए। 

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्