राष्ट्रसंघ महासचिव गुटेरेस पर्सि नेपाल आउने

काठमाडौं, कात्तिक १० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पर्सि (आइतबार) नेपाल आउने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपालमा रहँदा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्नेछन्।
उनले जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष रूपमा हेर्नेछन्। उनी लुम्बनी र पोखरा जाने कार्यक्रम पनि छ।
प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











