किसानलाई धान स्याहार्न चटारो
दसैंकै बेला पाकेकाले किसानलाई धान स्याहार्ने चटारो छ। दसैंको पूर्णिमा पनि नसकिँदै किसान धान स्याहार्न खेतमा व्यस्त बनेका छन्।
पाल्पा, कात्तिक १० : पाल्पा माडीमा यतिबेला धान पाकेर पहेँलपुर बनेको छ। दसैंकै बेला पाकेकाले किसानलाई धान स्याहार्ने चटारो छ। दसैंको पूर्णिमा पनि नसकिँँँदै किसान धान स्याहार्न खेतमा व्यस्त बनेका छन्। प्रायः किसान दसैंको टीकाको अघिल्लो दिनसम्म पनि खेतमै व्यस्त देखिन्थे। टीका सकिएपछि लगत्तै उनीहरू धान स्याहार्न जुटेका हुन्।

माडीमा मात्र नभएर पाल्पाकै रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा धान पाकेर पहेँलपुर भइसकेको छ। अरू बेला दसैं चाँडै हुन्थ्यो । आरामले दसैं मानेर किसानहरू धान काट्ने, झार्ने र थन्याउने गर्थेे। तर यसपालि ढिलो दसैं परेकाले किसानलाई धान स्याहार्न चटारो परेको हो।

















प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











