पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनााएको छ।
काठमाडौं, कात्तिक १० : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक देखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनााएको छ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ।
शुक्रबार राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











