Kathmandu Press

संघीयताप्रति जनताको वितृष्णालाई संस्थागत गर्न ढिलाई गर्दैनौ : अध्यक्ष लिङ्देन

पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले राखेको जिज्ञासामा लिङ्देनले पछिल्लो समय राजसंस्था पुर्नस्थापनाको लागि जनताको आवाज प्रखर रुपमा देखिदै गएको जिकिर गरे।
संघीयताप्रति जनताको वितृष्णालाई संस्थागत गर्न ढिलाई गर्दैनौ : अध्यक्ष लिङ्देन

काठमाडौं, कात्तिक ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मूल एजेण्डालाई स्थापित गराउने तथा त्यसलाई संस्थागत स्वरुप दिन ढिला नगर्ने बताएका छन्।

बिहीबार साँझ पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न अमेरीका प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै  लिङ्देनले अतिवादको विपक्षमा आफ्नो पार्टीलाई उभ्याएको र शान्तिपूर्ण रुपमा आफ्ना मूल एजेण्डालाई ढिला नगरी स्थापित गर्ने प्रतिक्रिया दिए ।

‘संविधान जारी भएपछि हाम्रा अगाडि संविधानको विरुद्ध विद्रोह गरेर जाने वा यही संविधानसँग सहकार्य गरेर जाने, शान्तिपूर्ण रुपमा आफ्नो मान्यताहरु स्थापित गर्ने दुई विकल्पमध्ये शान्तिपूर्ण बाटोबाटै आफ्नो एजेण्डा स्थापित गर्ने बाटोमा अगाडि बढीराखेका छाैं,’ उनले भने, ‘हामी निर्वाचन र शान्तिपूर्ण जनदबाब सिर्जना गरेर नै आफ्नो मान्यताहरु स्थापति गर्ने दुई मध्य जुन छिटो हुन्छ त्यसबाट एजेन्डा स्थापित गर्छौँ।’  

उनले आफ्नो पार्टी सैद्धान्तिक र व्यवहारीक रुपमै हिंसात्मक गतिविधिको विपक्षमा रहेको उल्लेख गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले राखेको जिज्ञासामा लिङ्देनले पछिल्लो समय राजसंस्था पुर्नस्थापनाको लागि जनताको आवाज प्रखर रुपमा देखिदै गएको जिकिर गरे।

उनले भने, ‘हामीले निरन्तर अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको विषय उठाउँदै आएका छौँ। पछिल्लो दिनमा त्यो अझ प्रखर रुपमा देखिदै गएको छ । र,संघीयताप्रति जनताको वितृष्णा बढ्दै जानु एवं राजसंस्थाप्रति जनताको जुन प्रकारले आकर्षण बढ्दै गएको छ त्यसलाई अब सस्थागत स्वरुप दिने काममा राप्रपाले ढिलाई गर्दैन।’

उनी १२ दिनसम्म अमेरीकाको विभिन्न स्थानमा आयोजना हुने राजनैतिक गतिविधिमा सहभागी भएर नेपाल फर्किनेछन्। उनले उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका छन्।

 

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, कात्तिक ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्