Kathmandu Press

असनमा अन्नपूर्णदेवीको जात्रा

हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा गरिन्छ। अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन्।
असनमा अन्नपूर्णदेवीको जात्रा

काठमाडौं, कात्तिक ९ : काठमाडौंको असनस्थित प्रसिद्ध अन्नपूर्णदेवीको जात्रा मनाइएको छ।

हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा गरिन्छ। अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन्।

बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्णै देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन्। अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीका रूप हुन्।

श्रीरूपी महालक्ष्मी अन्नपूर्ण देवीलाई अष्टलक्ष्मी स्वरूप, धान्य लक्ष्मी, धन लक्ष्मी, धैर्य लक्ष्मी, विद्या लक्ष्मी, जय लक्ष्मी, वीर्य लक्ष्मी, गज लक्ष्मी र सौभाग्य लक्ष्मीको रूपमा पनि पुजिन्छ।

अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ।

अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रम्हटोल आदि स्थानमा जात्रा गर्दै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ ।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, कात्तिक ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्