Kathmandu Press

आज मौसम सफा रहने

आज दिउँसो भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज मौसम सफा रहने

काठमाडौं, कात्तिक ९ : देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि आज बाँकी भू-भागमा मौसम सफा छ।

आज दिउँसो भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ।

राति भने देशभरको मौसम सफा रहने महाशाखाले अनुमान गरेको छ।

महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, कात्तिक ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्