Kathmandu Press

मकवानपुरमा स्कुटी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो।
मकवानपुरमा स्कुटी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते

मकवानपुर, कात्तिक ९ : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु सवार स्कुटर काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: ०७:३२ बजे, बिहीबार, कात्तिक ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्