Kathmandu Press

आज आश्विन शुक्ल एकादशी, दसैंकाे टीका लगाउने क्रम जारी

नजिकका परिवारका सदस्य र मान्यजनबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन छ।
आज आश्विन शुक्ल एकादशी, दसैंकाे टीका लगाउने क्रम जारी

काठमाडौं, कात्तिक ८ : आज आश्विन शुक्ल एकादशी। दशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ। टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं मनाउँछन्। नजिकका परिवारका सदस्य र मान्यजनबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन छ।

तर कतैकतै भने  विजया दशमीको दिनमात्र टीका लगाउने चलन छ। पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ भने पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गर्ने गरिन्छ।

आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा पनि मनाइँदैछ। आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, कात्तिक ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्