एसिसी यु-१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, कात्तिक ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन्।
खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।
प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











